logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आधिकारिक ठाउँबाट नेकपाको धारणा बुझौँ : नारायणकाजी


अंकुरण खबर
1.261K
Shares

नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरूको मुख वा आधिकारिक ठाँउबाट बुझ्‍न आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्‍जालमा लेख्‍दै उनले पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्‍चार माध्यमको आधारमा नभएर आधिकारिक ठाँउबाट बुझ्‍न आग्रह गरेका हुन् ।

त्यस्तै उनले सञ्‍चार माध्यमका विश्‍लेषणलाई सम्‍मान गर्न पनि आग्रह गरेका छन् । उनले  सञ्‍चार माध्यमका विश्‍लेषणलाई सकारात्मक सन्देश वा शिक्षाहरू छन् भने त्यसलाई ग्रहण गर्न सुझाव दिएका छन् ।

उनले लेखेका छन् ‘सर्वोच्च अदालतको  प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसलापछि अहिले हामी  संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्‍ने गम्भीर छलफलको संवेदनशील मोडमा  छौ’ । ‘सञ्चार माध्यमका आ-आफ्ना विश्लेषणलाई यथोचित  सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरू छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरूको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्‍न सक्दैनौँ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरूकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’