logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


अंकुरण खबर
767
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापनाको फैसला सुनाएपछि (आज) शुक्रबार पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठक शुक्रबार साँझ ५ बजे बालुवाटारमा बस्ने भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते मन्त्रिपरिषदको बैठक डाकेर प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै मंगलबार विघटन बदर हुने फैसला सुनाएको थियो । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन समेत परमादेशको आदेश जारी गरेको थियो ।

सर्वोच्चको फैसला पछि पहिलोपटक बस्न लागेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिसको निर्णय गर्नसक्ने १ जना मन्त्रीले जानकारी दिए ।