मस्तिष्कघात भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको अप्रेशन सफल भएको छ ।
मस्तिष्कघात भएर राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल उपचाररत जोशीको अप्रेशन सफल भएको र स्वास्थ्य अवस्था पनि खतरामुक्त रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
जोसीको टाउकोमा रगत जमेकाले अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । उनको जमेको पानी निकालेको अस्पतालले जनाएको छ ।
बिहीबार राति शरीरको देब्रेपट्टि समस्या देखिएपछि नेता जोशीलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान जोशीलाई वीर अस्पतालबाट नर्भिक अस्पताल लगिएको थियो ।