नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
पार्टी एकताको प्रस्ताव लिएर आज गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनपछि छुट्टै समूह खोलेर बसेका नेकपा नेता गौतम यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग भेट गरेका थिए ।
वामदेव गौतमले प्रचण्ड-नेपाल समूह र ओली पक्ष पुरानै पार्टीमा फर्कनुपर्ने अडान राख्दै आएका छन् । ओलीको सम्मानजनक बिदाई गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने नेता गौतमले सार्वजनिक रुपमा बताइसकेका छन् ।