logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले राजीनामा दिँदैनन्, हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ : ईश्वर पोखरेल


अंकुरण खबर
1.04K
Shares

उप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

शुक्रबार ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप्रधानमन्त्री पोखरेलले हिम्मत भए संसदमा अविश्वासको प्रस्ताव ल्याउन दाहाल-नेपाल समूहलाई चुनौति दिए ।

उनले भने, ‘तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् । संसदको सामना गर्छन् । हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ । त्यसको हामी डटेर सामना गर्छौ । त्यसको परिणाम स्वीकार गर्छौ ।’

संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन् ।

उनले भने, ‘यो फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक विकासमा बाधा पुर्‍याउने, अराजकतालाई बढावा दिने, मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने काम हुनेछ। सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ । हामी सबैले त्यो फैसलाप्रति दुःख व्यक्त गर्नुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसला दुःखद् भएको बताए ।