पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा ३ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ ।
पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ ।