logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति चयन


अंकुरण खबर
975
Shares

काठमाडौं अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन ।

मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन्। साथै सदस्यहरुमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन्। यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णलीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन्।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए ।

आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै यस संस्थाले अन्तरािष्ट्रय स्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए ।

यसैगरी संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन्। त्यसैगरी मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ। दुबईको खालिफा विश्वविद्यालयकी डा सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन्।