logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी भेगका थोरै स्थानमा वर्षा र हिमाली भेगमा हल्का हिमपातको संम्भावना


अंकुरण खबर
754
Shares

आज देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेको छ ।

अहिले देशका पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको समेत संभावना रहेको छ ।

यसैगरी आज राती प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार प्रदेश १ का पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।