logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न प्रचण्ड पुगे सर्वोच्च अदालत


अंकुरण खबर
2.184K
Shares

अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

उनी अवहेलना मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

प्रचण्डविरुद्ध अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोप छ ।