logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज तोलामा ५०० ले घट्यो सुनको मूल्य


अंकुरण खबर
793
Shares

नेपाली बजारमा आज सुनको मूल्य ५०० ले ओरालो लागेको छ ।

अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन तोलामा रु ५०० ले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो ।

आज तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोवार  भएको छ ।

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३२५ मा कारोवार भएको छ ।