logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तत एक अर्काको गल्ती स्वीकार गरी माफी मागेपछि मिल्यो पल र अरुणबीचको विवाद


अंकुरण खबर
1.508K
Shares

निर्देशक अरुण प्रधान र अभिनेता पल शाहबीचको विवादमा अन्ततस् मिलापत्र भएको छ ।

दुबै पक्षले एक अर्काको गल्ती स्वीकार गरी माफी मागेपछि विवाद समाधान भएको हो ।

दुवै पक्षले आफ्नो कमीकमजोरी स्वीकार गरेपछि धरान प्रहरीको रोहबरमा विवाद सल्टिएको जनाएको छ ।

म्युजिक भिडियोको सुटिङका क्रममा धरान पुगेका अभिनेता शाह र निर्देशक प्रधानबीच १२ गते साँझ विवाद भएको थियो । विवाद बढ्दै गएपछि शाहका सहयोगी कृष्ण जोशीले आफूमाथि हातपात गरेको भन्दै प्रधानले आफूसँग शाहले माफी नमागे प्रदेश नं १ मा उनका चलचित्र चलाउन नदिने चेतावनी दिएका थिए ।