भारतीय फिल्म उद्योगका महानायक अमिताभ वच्चन सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन् ।
आफ्ना फ्यानहरुलाई प्राय गरेर उनले आफ्ना बारेमा जानकारी दिने गरेका छन् । यसैक्रममा उनले आफ्नो ब्लगबाट एउटा जानकारी दिएका छन् । त्यसपछि उनका शुभेच्छुक शुभचिन्तकले अमिताभलाई के भयो भन्दै प्रश्न गरिरहेका छन् ।
अमिताभले दिएको जानकारी अनुसार उनको अप्रेसन हुँदैछ । तर के समस्या भएको भन्ने बारे भने उनले उल्लेख गरेका छैनन् ।
मेडिकल कन्डिसनका कारण एउटा सर्जरी गर्नु परेको उनले खुलासा गरेको भएपनि कस्तो समस्या हो भन्ने बारे र समयका बारेमा भने केही उल्लेख गरेका छैनन् ।
अमिताभ स्वयंले मेडिकल कन्डिसन उल्लेख गरेपछि फ्यानहरुले विभिन्न अड्कलबाजी गरिरहेका छन् ।
अमिताभ यतिबेला पनि विभिन्न फिल्महरुको सुटिङमा व्यस्त छन् । तर उनको सर्जरीका कारण ति फिल्ममा असर पर्छ या पर्दैन भन्ने स्पष्ट नभइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस वर्ष अमिताभका दुई फिल्म रिलिज हुँदैछन् । उनी रुमी जाफरी निर्देशित चेहरे र नागराज मञ्जुलको झंडुमा देखिने छन् । दुबै फिलिमको रिलिज डेट सार्वजनिक भइसकेको छ ।
यसका साथै अमिताभसँग मेगा बजेट फिल्म ब्रम्हास्त्रको पनि रिलिज डेट आइरहेको छ र यसको शुटिङमा ढिलाई भइरहेको जनाइएको छ ।