logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरूवा हुन पाउने


अंकुरण खबर
4.758K
Shares

शिक्षकहरु अब एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरेको हो । यसका लागि विभिन्न शर्तहरु पालना गर्नुपर्ने भएको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ।

गत पुस २० गतेदेखि जिल्लान्तर सरूवा रोक्का थियो ।