पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६२ हजार ९ सय ३६ पुगेको छ ।
आज ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७४ पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन् ।