logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ हजार घुस लिने नापी कार्यालयका २ कर्मचारीविरुद्ध अख्तियारको मुद्धा


अंकुरण खबर
728
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस रकम लिएको भन्दै नापी कार्यालय कञ्चनपुरका २ कर्मचारीविद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले आइतवार कञ्चनपूर नापी कार्यालय, सप्तरीमा कार्यरत हरिचन्द्रर ठाकुर र लेखनदास अरुण कुमार यादवले १५ हजार रुपैयाँ घुस लिएको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।

उनका अनुसार, २ कर्मचारीले जग्गा कित्ताकाट प्रयोजनका लागि घुस लिएको पाइएको छ ।