प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको वार्ता केही दिनभित्रै निष्कर्षमा पुग्ने दाबी गरेका छन् ।
झापामा चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना-नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल पार्क) को शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई शान्ति र विकासतर्फ उन्मुख गराउनका निम्ति सरकार लागि रहेको र विप्लवसँगको वार्ता केही दिनमै टुंगिने दाबी गरे ।
‘विप्लवसँगको वार्ता सफल भएको दृश्य तपाईंहरूले केही दिनभित्रै टेलिभिजनमा देख्न सक्नुहुनेछ,’ उनले भने । उनले वार्ता मात्र नभएर त्यो निष्कर्षमा पुग्नेसमेत दाबी गरे ।