logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी शुरु


अंकुरण खबर
858
Shares

संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो ।

कोरोना महामारी विद्यमान रहेको अवस्थामा स्वास्थ्य सतर्कतालाई पनि ध्यान दिएर तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए ।

सरकारले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । तर हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आव्हान गरिसकेको अवस्था छैन ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेका थिए । यद्यपी सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने फैसला गरेको थियो ।