Breaking Newsअन्तर्वार्ता

किन बढ्दैछ निःसन्तानको समस्या, निःसन्तानको लागि आइभिएफ बरदान सावित

पछिल्लो समय धेरै दम्पतीहमा नि:सन्तान हुने समस्या छ । के कारणले यस्तो हुन्छ ? नि:सन्तान दम्पतीको लागि आइभिएफ किन उपयोगी छ ? आइभिएफ किन सबै नेपालीको पहुँचमा छैन् ? लगाएतका विषयमा अंकुरण खबरका लागि ईशान बाल तथा महिला अस्पतालमा कार्यरत आइभिएफ स्पेशलिष्ट डक्टर नेहा हुमागाईंसँग अनिता मगरले गरेको कुराकानी…

निःसन्तान हुनु नयाँ समस्या या नयाँ रोग होइन । यो हाम्रो समाजमा पहिलेदेखि नै धेरै दम्पतीहरुले भोगेको समस्या हो । तर पछिल्लो समय विभिन्न कारणले यो समस्या बढेको पाइन्छ । यद्यपी यो समस्या औषधि उपचार ग¥यो भने ठिक हुन सक्छ भन्ने ज्ञान बढेकाले निःसन्तान हुनबाट धेरै जना जोगिएका छन् ।

इन्फर्टिलिटी (निःसन्तान) के हो ?
इन्फर्टिलिटी भन्नाले विवाहित दम्पत्तीले विवाह गरेको, सँगै सम्पर्क गरेको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधनहरु नअपनाई बच्चाको निम्ति प्रयास गरेको खण्डमा पनि गर्भ नबसेको अवस्था छ भने त्यसलाई इन्फर्टिलिटी भनिन्छ । कोही कोही चाँही एक दुई महिनामै हतास भएर आउँनु हुन्छ त्यसलाई इन्फर्टिलिटी भनिदैन ।

निःसन्तान हुने प्रमुख कारण :
धेरै कारणले बच्चा नहुने समस्या आउन सक्छ । यद्यपी यसको प्रमुख कारण भनेको उमेर हो । पहिले २०,२२ वर्षमा विवाह हुन्थो बच्चा छिट्टै जन्माउथे भने, आजकाल अध्ययन, करियर, कामकाज भन्दै धेरैले ३० वर्ष कटेपछि बच्चा जन्माउने योजना बनाउँछन् । यसको अर्थ ३० वर्ष पुगिसकेपछि सबै निःसन्तान हुन्छन् भनेको होइन तर निःसन्तान हुने सम्भावना चाँहि अलि धेरै हुन सक्छ ।

अर्को कारण भनेको खानपान (चिल्लो, बाहिरको जँगफूड) पनि नि:सन्तानको हुने अर्को कारण हो । त्यस्तै बढी तौल, निस्क्रिय जीवनशैली, मधुमेह थाइराइड लगाएतका रोग भएका व्यक्तिमा पनि यो समस्या आउँन सक्छ । पाठेघर लगाएत विभिन्न अंगमा भएको संक्रमण, बढी तनाव, वंशाणुगत गुण आदिले पनि यो समस्या निम्तन सक्छ ।

त्यस्तै पुरुषहरुमा स्पम्पमा समस्या आउँदा पनि यो समस्या हुन सक्छ । यसको साथै बढी मात्रमा धुमपान, मध्यपान सेवन गर्ने,कुलतमा फस्नाले पनि निःसन्तानको समस्या आउँन सक्छ ।

निःसन्तानहरुका लागि आइभिएफ किन महत्वपूर्ण छ ?
पहिलो कुरा चाँहि हामी के बुझ्न जरुरी छ भने इन्फर्टायल कपल सबैमा आइभिएफ जरुरी छैन् । पहिले कपलमा किन इन्फर्टायल भयो भनेर बुझ्नुपर्छ । हर्मोन हुन सक्छ, पिसीयस हुन सक्छ, ट्युव बल्क हुन सक्छ । यसको सबै भन्दा पहिले चाहे पुरुष होस चाहे महिला दुबैको कारण पत्ता लगाउँनु पर्छ ।

तर एउटा कुरा हाम्रो समाजमा महिलाहरुलाई अर्कै दृष्टिकोणले हेर्ने चलन छ, हरेक कमीकमजोरीहरु महिलाहरुमै औल्याउँने गरिन्छ इन्फर्टायल हुने बित्तिकै महिलाकै कारणले भएको हो भनिन्छ । तर त्यस्तो हुदैन दुबैका कारणले सन्तान जन्माउने चाँहाना पुरा नहुन सक्छ । तर समस्या लिएर चिकित्सककोमा आएपछि हामीले दुवैको स्वास्थ परीक्षण गरि कारण पत्ता लगाउछौं । त्यस पछि के कस्तो औषधिको प्रयोग गर्ने निर्कोल गर्छौ ।

अनि अर्को चाँहि के छ भने मान्छेहरुलाई केटा मान्छेहरुको स्पम्प निस्केन शुक्राणु छैन भन्ने बित्तिकै अर्काको शुक्राणुले गरिन्छ भन्ने छ । त्यो होइन अहिले नयाँ टेक्नोलोजि आइसकेको छ । अत्याधुनिक उपकरण प्रयोगको माध्यमबाट हामीले यदि कुनै पुरुषको शुक्राणु छदैछैन भने पनि उहाँको टेस्टिजहरुमै सुई पसाएर त्यहाँबाट एउटा दुईटा स्पम्प पनि निकाल्न सकिन्छ । त्यसबाट हामीले महिलाको अण्डामा फर्टिलाइज गरेर प्रेगनेन्सी बनाउँन सकिन्छ । त्यसैले यो प्रविधि निकै प्रभावकारी मानिन्छ। यो अवस्थामा धेरै भन्दा धेरै निःसन्तान दम्पतिलाई सन्तान दिलाउन सकिन्छ ।

आइभिएफ सम्वन्धि गलत धारणा :
आइभिएफ भन्नाले हामीले महिलाको एग र पुरुषको स्पम्पलाई बाहिर निकालेर भित्र राख्ने मात्र हो । त्यो उहाँहरुकै जिन्स हुन्छ । उहाँहरुको नै बच्चा हुन्छ । तर पनि धेरैको गलत बुझाई छ यसरी जन्मने बच्चामा आमा बाबुको कुनै गुण हुदैन्, अस्वस्थ हुन्छ । यस्तो धारणा परिवर्तन गर्न जरुरी छ । यद्यपी कहिले काँहि कुनै कुनै महिलाको अण्डा निक्लिदै ननिक्लिने पनि हुन्छ त्यस्तो अवस्थामा हामीले एग डोनेसन गर्न सक्छौ । त्यस्तै पुरुषहरुकोमा पनि शक्राणु निकाल्न सकेनौ भने स्पम्प डोनेड गर्न सक्छौ । त्यो चाँही एउटा विकल्प हो । तर सक्दो हामीले आफ्नै कपल महिला पुरुषबाटै गराउँने कोसिस गर्छौ ।

यस कारण आइभिएफ महंगो छ :
अहिले आइभिएफको खर्च भनेको साढे दुई लाखदेखि लिएर तीन लाखको हाराहारीमा छ । यो अलिकति महंगो नै छ । महंगो हुने कारण यो टेक्नोलोजिमा मेसिनदेखि लिएर त्यसमा प्रयोग गर्ने सामाग्रीहरु नै एकदमै महँगो हुन्छ । र पनि पहिलाको हेरिकन अहिले केही सस्तो भएको छ । भविष्यमा यसको क्वालिटीमा कम्प्रमाइज नगरिकन हामी यसको प्राइज पनि अझै घटाउने प्रयास गर्न सक्छौ ।

अर्को हाम्रो जनमानसमा के कन्फ्यूजन छ भने उहाँहरुलाई लाग्छ इन्फर्टिलिटी हुने बित्तिकै हामी आइभिएफमा जानुपर्छ, महँगो खर्च गर्नु पर्छ भन्ने लाग्छ । तर त्यस्तो होइन् पहिले तपाईले एउटा इन्फर्टिलिटी विशेषज्ञलाई भेट्न पर्यो अनि उहाँले सबै अध्ययन गरेर एउटा साधारण औषधि दिएर मात्र पनि उपचार गर्न सकिन्छ । आईयुआई गर्न सकिन्छ । आईयुआई गरेर सफल भएन भने, पुरुषको शुक्रकिट अति नै न्यून भएमा टेस्ट्युब प्रविधि आइभिएफ अपनाउन सकिन्छ ।

Comment here