logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान


अंकुरण खबर
2.405K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो ।