logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज रातिदेखि भोलि बिहानसम्म एनआईसी एशियाको एटिएमबाट हुने सबै कारोबार बन्द


अंकुरण खबर
1.287K
Shares

आज (सोमवार) रातिदेखि  भोलि (मंगलवार) बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ ।

सोमवार राति ११:४५ देखि मंगलवार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको बैंकले जानकारी गराएको हो ।

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने जानकारी गराएको छ ।