नेपाली सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर खोप लिएका हुन् ।