logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फैसला अवसरवादीहरूलाई सच्चिने मौका : गृहमन्त्री थापा


अंकुरण खबर
936
Shares

नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) ले सर्वोच्च अदालतको फैसलाले अवसरवादीहरू सच्चिने मौका दिएको बताएका छन् ।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सर्वोच्चको संसद पुनर्स्थापनाको फैसलाले अवसरवादीहरूलाई सच्चिने अवसर दिएको बताएका हुन्।

गृहमन्त्री थापाले सर्वोच्चको फैसलाले आफ्ना गल्तीहरुलाई स्वीकार गरेर फेरि पार्टीमा एकताबद्ध हुने अवसर आएको पनि बताए । उनले संसद पुनर्स्थापनाको फैसलाले देश अस्थिरतामा धकलेलिएको पनि बताए ।

थापाले भने, ‘देश अस्थिरतामा गएको छ, सर्वोच्चको फैसला स्थायित्वको पक्षमा छैन।’ अस्थीरता अहिले नै देखिन थालिसकेको उलने बताए । अदालत र सडकबाट संघर्ष संसदमा प्रवेश गरेको बताउँदै यसमा आफूहरु विजयी हुने बताए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले प्रचण्ड–नेपाल सामूहलाई प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा सघाउ पुर्‍याउन आग्रह गर्दै उनले यो प्रचण्ड–माधव समूहका लागि सच्चिने अन्तिम अवसर भएको बताए।