पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ४९ जनाको पिसिआर परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६५ हजार ९ सय ८५ पुगेको छ ।
सोमबार ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।
आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७७ पुगेको छ। हाल ६१ जना क्वारेन्टाइनमा छन्।