logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुन मात्रै बाँकी छ : प्रचण्ड


अंकुरण खबर
1.04K
Shares

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरुले पाउने दावी दोहोर्‍याएका छन् ।

सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए ।

निर्वाचन आयोगले नेकपाबारे केही दिनभित्रै निर्णय गर्ने भन्दै उनले उक्त निर्णय आफ्नो पक्षमा आउने दाबी गरे । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्ड भने ।

उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।