चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको बाहुन डाँडामा गणेशमान सिंह स्मृति बहु प्राबिधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ ।
आगामी २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बैदिक बिधि पुर्बक शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा आजको मूख्य आवश्यक्ता र विकासको संवाहक भएकाले यस शिक्षालयलाई पूर्णता दिन संघीय सरकारले कुनै कसर बाकी नराख्ने बताएका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)द्धारा सञ्चालन हुने शिक्षालयमा कृषि, पशु विज्ञान, होटेल म्यानेज्मेन्ट तथा आवश्यक्ता अनुसार अन्य विषय पनि पठन पाठन हुने शिक्षालय निर्माण समितिका अध्यक्ष हरिशरण थापाले जानकारी दिए । करिब ४७ रोपनी क्षेत्रफलमा बन्न लागेको शिक्षालयले चन्द्रागिरिमा मात्र नभएर देशमै व्यावहारीक शिक्षा दिने अब्बल शिक्षालय बन्नेमा आफुहरु विस्वस्त रहेको थापाले बताएका छन् ।
कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी,वडा नं १ का अध्यक्ष राजेन्द्र के.सी.,सिटिइभिटी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिको साथै स्थानीयको सहभागिता रहेको थियो ।