स्वास्थ्य परीक्षण तथा उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई मंगलबार स्वदेश फर्किँदै छन्।
भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएसँगै उनी स्वदेश फर्कन लागेका हुन्।
सोमबार चिकित्सकहरूले भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका थिए।
तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन्।