logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङको दोभानमा आगलागी, बैंकसहित ३० घर जलेर नष्ट


अंकुरण खबर
2.535K
Shares

ताप्लेजुङ जिल्लाको दोश्रो ठूलो बजार दोभानमा आगलागी भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि आगलागी शुरु भएको हो । स्थानीय भोलानाथ पौडेलको घरबाट शुरु भएको आगो बजारका अन्य घरमा पनि फैलिएको स्थानीय दिपेश कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंक भएको घरसहित ३० वटा घर जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ । दमकललाई खबर गरे पनि अहिले सम्म दमकल आइनपुगेको स्थानीयको भनाइ छ ।

स्थानीय प्रशासनले भने आगो नियन्त्रणका लागि दमकल पठाइएको जानकारी दिएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको र आफू पनि आगलागी भएको क्षेत्रमा जान लागेको जानकारी दिए ।