logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो


अंकुरण खबर
598
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।