बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् ।
सोमबार लन्डन पुगेका राजदूत रेग्मीले दूतावास पुगेर पदबहाली गरेको दूतावासले जनाएको छ । नवनियुक्त राजदूत रेग्मी बेलायतका लागि नेपालका २१ औं राजदूत हुन् ।
निजामती सेवाकै सर्वोच्च स्थान मुख्यसचिवसम्म पुग्नुअघि उनले नेपाल सरकारका अर्थ, गृह लगायतका महत्वपूर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी २०१७ मा मुख्यसचिव भएका थिए । लन्डनको हिथ्रो विमानस्थलमा राजदूत रेग्मी दम्पतीलाई लन्डन दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।