प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसमा झडप भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को ओली पक्ष र प्रचण्ड–माधव पक्षका विद्यार्थीबीच झडप भएको हो । झडपका क्रममा केही घाइते भएका छन् ।
विद्यार्थी भर्ना लगायका विषयमा जानकारी दिन टागिएको व्यानरका विषयमा दुई समूहबीच झडप भएको थियो ।
प्रचण्ड–माधव पक्षले आफूहरुले राखेको व्यानर ओली पक्षकाले च्यातिदिएपछि विवाद भएको जनाएको छ । तर ओली पक्षले भने आफूहरुले व्यानर राख्न लाग्दा प्रचण्ड माधव पक्षले अवरोध गरेपछि विवाद भएको जनाएको छ ।
झडपमा संलग्न भएको भन्दै केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।