logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङ घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


अंकुरण खबर
910
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा लागेको आगोले पुर्याएको क्षतिप्रति दुःख प्रकट गरेकी छन् ।

मंगलबार दिउँसो समाजिक सञ्जाल ट्वीटर मार्फत राष्ट्रपति भण्डारीले राहत र पुनस्थापनाका निम्ति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भनेकी छिन् ‘ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रामा धनमालको क्षति भएको खबरले मलाइ दुःखी तुल्याएको छ । आगलागी प्रभावितहरूका लागि यथाशिघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सम्वद्ध पक्षको ध्यान आकृष्ट गर्दछु । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो महशुष गरेको छु ।’

मंगलबार बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमशः नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले जानकारी दिएकी छन् । आगलागीबाट ५५ घर जलेर नष्ट भएको जनाइएको छ ।