logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ७८ जना कोरोना संक्रमित, मृतकको संख्या शून्य


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३  पुगेको छ ।

गत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७० हजार १ सय १२ पुगेको छ।

देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन् ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।