logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्नेलाई रिहा गर्न सर्वोच्चको आदेश


अंकुरण खबर
1.859K
Shares

बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्ने सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ परेका आठ जनालाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको अभियन्ताका अधिवक्ता जितेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार न्यायाधीश प्रकाशमान सिंह र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो । गैरकानुनी रूपमा थुनिएकाहरुको अहिले कागजी प्रक्रिया भइरहेको उनले बताए ।

महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै स्थानीयलाई पक्राउ गरेको थियो ।

गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका थिए ।