logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने विद्यार्थी संगठनको निर्णय


अंकुरण खबर
3.315K
Shares

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले भोलि मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।

पछिल्लो समय विश्व बजारमा मूल्य वृद्धि भएको र आइओसीबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ ।