logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राउनसुगरसहित दुई जना पक्राउ


अंकुरण खबर
1.469K
Shares

झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर आङ्ना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।