logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडीको ठक्करबाट नख्खुदोबाटोमा कलेज जाँदै गरेकी किशोरीको मृत्यु


अंकुरण खबर
663
Shares

ललितपुरको नख्खुदोबाटोमा गाडीको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोको त्रिपुरा सुन्दरी गाउँपालिका घर भइ बाडोलमा बस्दै आएकी १९ वर्षकी अन्जु दाहाललाई आज बिहान साढे पाँच बजेतिर बाटो काट्ने क्रममा फोर्स गाडीले ठक्कर दिएको हो ।

बिहान कलेज जाने क्रममा दाहाललाई गाडीले ठक्कर दिएपछि उपचारका लागि पाटन अस्पताल लगिएकोमा सवा ६ बजेतिर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।

ठक्कर दिने स १ ज ५६७ नम्बरको गाडी र चालक ३४ वर्षे प्रविण गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतक अन्जुको शव अहिले पाटन अस्पतालमा रहेको छ ।