logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखसहित शीर्ष नेता र सांसदहरुले लगाए कोरोना विरुद्धको खोप


अंकुरण खबर
1.3K
Shares

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप दिन शुरु गरिएको छ ।

बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहित शीर्ष नेता र सांसदहरुले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए । खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुने उनले बताए ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उनीहरुका निजी सचिवालयमा कार्यरत सबै कर्मचारी, दुवै सदनका सांसदलाई खोप लगाउने व्यवस्था गरिएको सचिवालयले जानकारी दिएको छ ।

बुधबार र बिहीबार खोप लगाउन छुटेका कर्मचारीलाई आउँदो शुक्रबार खोप लगाइने संसद सचिवालयले जनाएको छ ।