logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरुद्वारा निगम अगाडि विरोध प्रदर्शन


अंकुरण खबर
2.535K
Shares

पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले बुधबार बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि  प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो समय विश्व बजारमा मूल्य वृद्धि भएको र आइओसीबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ ।