logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री कार्यलय पुगेका राउटे अगुवाले भने- मेरा जनता भोकले मर्न आँटे सरकार


अंकुरण खबर
1.443K
Shares

राउटे अगुवा दिलबहादुर शाहीसहितको टोलीले आफूहरुलाई खाना र पालको व्यवस्थाप गर्न माग गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गर्दै दिलबहादुले चार महिनासम्म भत्ता नपाउँदा आफ्ना जनतालाई छाक टार्न समस्या परेको भन्दै खानाको व्यवस्था गर्न माग गरे ।

मुख्यमन्त्री कार्यालय नै पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिँदा चामल किन्न समस्या भएको उनले बताए । उनले मुख्यमन्त्रीलाई भेट्न भोकै आएको पनि बताए । संघीय सरकारले राउटेलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

‘मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु’, मुख्यमन्त्रीसँग गुनासो गर्दै दिलबहादुरले भने, ‘पेटभन्दा ठूलो केही छैन, त्ससैले भत्ता र रासनपानी दिएर पठाउनु पर्‍यो, सरकार ।’

खानका लागि चामल नहुँदा राउटे परिवारलाई भोकले ठूलो समस्या बनाएको बताउँदै दिलबहादुरले जतिसक्दो चाँडो खानाको व्यवस्था मिलाउन आग्रह गरे । कर्णालीमा ४६ घर परिवार राउटे छन् ।

मुख्यमन्त्री शाहीले राउटे अगुवा दिलबहादुरलाई प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।