logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड–नेपाल समूहको निर्णय


अंकुरण खबर
1.794K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले स‌ंसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठक सकिएलगत्तै सो पार्टीको केन्द्रीय कमिटी बैठक समेत पेरिसडाँडा नै शुरु भएको छ ।

स्थायी कमिटी बैठकले गरेको निर्णयानुसार केन्द्रीय कमिटी बैठकले पार्टीको संसदीय दलको नेता फेर्ने निर्णय गर्ने नेकपा–प्रचण्ड नेपाल समूहका एक नेताले जानकारी दिए ।

संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव पक्षले पार्टी अध्यक्षबाट हटाउनुका साथै यसअघि नै पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।