logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको जिम्मेवारीबाट भाग्नेवाला छैन : सभापति देउवा


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले आफूहरुलाई पदको लोभ नभएको भन्दै जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए । उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताए । देउवाले भने, ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो ।’

यसअघि महामन्त्री शशांक कोइरालाले पनि कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका थिए । चितवनमै पत्रकारसँगको भेटघाटको क्रममा कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए ।

नेकपालाई फुटाउने हो भने कांग्रेस नयाँ सरकारमा सामेल हुनुपर्ने उनको भनाइ थियो ।