यूएनएफपिएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब तीन करोड मुल्य बराबरको व्यक्तिगत सुरक्षा कवच पिपिई, प्रजनन् स्वास्थ्य किट्स सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
यूएनएफपिएले चीन सरकारको सहयोगमा ६ हजार ४८ पिपिई, ५० हजार ग्लोब्स, ५० हजार थान सर्जिकल मास्क र २७ सेट प्रजनन् स्वास्थ्य सामग्री मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हन्तान्तरण गरेको हो ।
प्रजनन् स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् । यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसुति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने युएनएफपिएले जनाएको छ ।
प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
यसअघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १२ सय सेट पिपिई र ३ हजार ६ सय थान स्यानिटाइजर मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।