logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ८७ जना कोरोना संक्रमित, ६२ जना डिस्चार्ज


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ८१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७३ हजार ५ सय ११ पुगेको छ ।

आज  ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या ३ हजार १० पुगेको छ ।