logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

भोली देशभरका सबै अदालतमा बिदा


अंकुरण खबर
2.184K
Shares

भोलि (बिहिबार) देशभरका सबै अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा दिइएको छ ।

९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।

सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए । निर्भिक न्यायाधीशको रुपमा परिचित सिंहले आफ्नो समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए ।