राजनीतिक दलको विवाद निरुपणका विषयमा यथासिघ्र निर्णय दिन निर्वाचन आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह गरेका छन्।
सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित हुँदा निर्वाचन आयोगले अहिलेसम्म कसैलाई पनि आधिकारिकता दिएको छैन।
पूर्वनिर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र स्थापित नजिरहरुको आधारमा यथाशिघ्र विवाद निरुपण गर्नका लागि आग्रह गरेका हुन।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा।अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर आयोगलाई अनिर्णयको बन्दि नबन्न आग्रह गरेका हुन्।
