logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पश्चिमी वायुको आंशिक प्रभाव : पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली


अंकुरण खबर
780
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

यस्तै, देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। भने देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।