नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
बुधबार ५०० रूपैयाँले बढेर ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १००० रूपैयाँले घटेर प्रतितोला ८६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुन प्रतितोला ८६ हजार ५० मा कारोबार भइरहेको छ ।
आज चाँदी पनि तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।