logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली सिन्धुलीमा


अंकुरण खबर
3.614K
Shares

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली पुगेका हुन् ।

सुनकोशी नदीको पानीलाई झण्डै १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर बनाइने यो आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ ।

सुनकोशी(मरिन डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । १३ दशमलव ३ किलोमिटरको सुरुङ बनाइने छ  । २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने छ ।

पछिल्लो समय प्रधानमन्त्री ओली ठुला-ठूला आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त छन् ।