logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीन र दक्षिण अफ्रिकामा नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ


अंकुरण खबर
1.352K
Shares

चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चीनमा नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् । नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागरिक रहेका खबरमा उल्लेख छ ।

त्यहाँबाट प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको जनाएको छ । प्रहरीले नक्कली खोपको कारोबार गर्नेहरु ठ्याक्कै कुन ठाउँबाट पक्राउ परेका हुन् भन्ने बारे खुलाएको छैन ।