logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ


अंकुरण खबर
1.066K
Shares

कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।